Section 21
वातावरण निरीक्षक
(१) दफा ७ बमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन अनुसार गर्नु पर्ने कार्य प्रभावकारी रुपले भए नभएको सम्बन्धमा र प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सम्बन्धी मापदण्डको परिपालना भए नभएको सम्बन्धमा वातावरण निरीक्षकले अनुगमन तथा निरीक्षण गर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि वातावरण निरीक्षक उपलब्ध नभएको अवस्थामा देहायको निकायले देहायका अधिकृत वा कर्मचारीलाई वातावरण निरीक्षकको रुपमा तोकी अनुगमन तथा निरीक्षणको लागि खटाउन सक्नेछः-
(क) दफा ७ बमोजिम स्वीकृत दफा ३ को उपदफा (२) को खण्ड (क)
बमोजिमको वातावरणीय अध्ययन प्रतिवेदन अनुसार गर्नु पर्ने कार्य प्रभावकारी रुपले भए नभएको सम्बन्धमा र प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सम्बन्धी मापदण्डको परिपालना भए नभएको सम्बन्धमा मन्त्रालयले नेपाल सरकार वा प्रदेश सरकारको अधिकृत कर्मचारीलाई,
(ख) दफा ७ बमोजिम स्वीकृत दफा ३ को उपदफा (२) को खण्ड (ख) बमोजिमको वातावरणीय अध्ययन प्रतिवेदन वा दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिमको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार गर्नु पर्ने कार्य प्रभावकारी रुपले भए नभएको सम्बन्धमा र आफ्नो प्रदेशभित्र प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सम्बन्धी मापदण्डको परिपालना भए नभएको सम्बन्धमा प्रदेश मन्त्रालयले प्रदेश सरकारको अधिकृत कर्मचारीलाई,
(ग) दफा ७ बमोजिम स्वीकृत दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिमको वातावरणीय अध्ययन प्रतिवेदन अनुसार गर्नु पर्ने कार्य प्रभावकारी रुपले भए नभएको सम्बन्धमा र आफ्नो स्थानीय तहभित्र प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण सम्बन्धी मापदण्डको परिपालना भए नभएको सम्बन्धमा स्थानीय तहले स्थानीय तहको कुनै कर्मचारीलाई ।
(३) वातावरण निरीक्षक. सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।